नेपालकै पहिलो ‘गरुडा’ रकेटको परीक्षण



काठमाडौं,चैत ८ । नेपालमा पहिलो पटक रकेटको परीक्षण गरिएको छ। नेपाली विद्यार्थीहरुले बनाएको ‘गरुडा’ रकेट धनुषाको भिमानमा करिब डेढसय मिटर आकाशमा उडेपछि हावाको बहावका कारण रकेट ‘क्र्यास’ हुन पुगेको छ।

यो रकेट १० हजार फिटमाथि पुग्ने अनुमान गरिएको थियो । निर्माण टोलीले नेपाली सेनासँगको सहकार्यमा एक महिनापछि पुनः रकेट प्रक्षेपण गर्ने योजना ल्याएको छ । लन्च प्याड, हावाको बहाव र मोटरममा फ्युल बर्न राम्रोसँग नुहँदा प्रक्षेपण सफल हुन नसकेको गरुडाका मुख्य निर्माणकर्ता मोहन तामाङले बताए । इन्धन राम्रोसँग नबल्दा रकेट थोरै गतिमा मात्रै उडेको तामाङले बताए । अबको एक महिनापछि दोस्रो परीक्षण गर्ने तामाङले जानकारी दिए।

प्रधान सेनापति पूर्णचन्द्र थापाले गरुडा प्रोजेक्टलाई सेनाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको तामाङले बताए। सेनापति थापाले गरुडा प्रोजेक्ट आंशिक रुपमा सफल भएको र यसलाई नराम्रो नसोच्‍न आग्रह गर्दै हौसला प्रदान गरेका थिए। राष्ट्रिय आविष्कारक केन्द्रका प्रमुख महाविर पुनले इनोभेसन सेन्टरको तर्फबाट अझ सहयोग हुने बताएका छन।

प्रतिक्रिया दिनुहोस्