लिखु गाउँपालिका वडा नम्बर २ को भवन शिलान्यास



नुवाकोट, चैत ८ । जिल्लाको लिखु गाउँपालिकाको वडा नम्बर २ को वडा कार्यालय भवनको शिलान्यास भएको छ ।

आइतबार एक समारोहका बीच गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले भवन शिलान्यास गरेका हुन। शिलान्यास कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष भिम बहादुर घले , गाउँपालिका तथा वडाका जनप्रतिनिधिहरु र स्थानीयहरुको उपस्थिति रहेको थियो।

कुल ६५ लाखमा निर्माण हुन लागेको भवनमा ७० प्रतिशत खर्च लिखु गाउँपालिका र ३० प्रतिशत खर्च जिल्ला समन्वय समिति नुवाकोटले सहयोग गर्ने छ । हाल वडा कार्यालय भाडाका रूपमा सन्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्