भिरबाट लडेर काभ्रेमा युवकको मृत्यु



बनेपा, चैत ८ । जिल्लाको बेथानचोक गाउँपालिका–३ नारायणस्थानडाँडामा भिरबाट लडेर एक युवकको ज्यान गएको छ। ती युवक घुम्न जाने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा धुलिखेल नगरपालिका–४ केयुमा कार्यरत वडा नं ७ बस्ने २६ वर्षीय निरोज रिजाल रहेका छन्।उनको शनिबार राति २ः०० बजेतिर शौचालय जाने क्रममा चिप्लेर भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए ।

रिजाल धुलिखेल नगरपालिका–४ केयुको सूचना प्रविधिमा कार्यरत थिए । शौचालय जाने क्रममा चिप्लेर भिरबाट करिब छ-सात सय मिटर तल खसेर अड्केको अवस्थामा प्रहरी र नेपाली सेनाको संयुक्त उद्धार टोलीले शव निकालेको हो ।

उनको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । बेथानचोक नारायणस्थान घुम्नका लागि चार जनाको टोली शुक्रबार राति पुगेको र शौचालय जाने क्रममा सो घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्