नुवाकोट शिवपुरीमा नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय स्थापना



नुवाकोट,चैत ७ । जिल्लाको शिवपुरी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पार्टी कार्यालय स्थापना गरिएको छ।

शनिबार एक कार्यक्रम बीच नेपाल कम्युनिस्ट पार्टी माओवादी शिवपुरी गाउँपालिका संगठनले गाउँपालिकाको वडा न ५ शेराबगरमा पार्टी कार्यलय पुनःस्थापना गरेको हो ।                                                                                  

पार्टी कार्यालय पुनःस्थापना कार्यक्रममा नेकपा माओवादी केन्द्र नुवाकोटका अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य हिरानाथ खतिवडा को प्रमुख अतिथिमा भएको थियो ।

सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका बीरबहादुर तामाङ, मिनबहादुर तामाङ,महेन्द्रप्रसाद पाण्डे, श्याम पाण्डे लगायतका जिल्ला तथा स्थानीय नेतानेताकार्यकर्ताहरुको उपस्थिति रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्