झोरमा रक्तदान कार्यक्रम सम्पन्न



रक्तदान कार्यक्रममा ५० औं पटक रगत दान गर्दै स्थानीय भरत बिडारी

काठमाडौ,चैत ७ । टोखा नगरपालिका वडा नम्बर १ झोरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। शनिबार झोरको पब्लिक बोडिङ स्कुलमा भएको रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी बिष्णुमति उपशाखाका सचिव नवराज काफ्लेले बताए ।                      

नेपालमा कोरोना संक्रमितको संख्या न्यून हुँदै गएपनि रक्त अभाव कायमै रहेकाले उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको सचिव काफ्लेले बताए।

रक्तदान संकलन कार्यक्रममा झोरका भरत बिडारीले ५० औं पटक रक्तदान गरेका छन्। बिडारीले रगत दान जीवन दान भएकाले सबैलाई यसप्रकारको पुण्य काममा सहभागी हुन अनुरोध गरे।

प्रतिक्रिया दिनुहोस्