सिन्धुपाल्चोक उबासंघमा अध्यक्ष बस्नेतसहित १८ निर्विरोध



सिन्धुपाल्चोक,चैत ७ । शनिबार सम्पन्न सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्षमा होमबहादुर बस्नेतसहित १८ जना निर्विरोध चयन भएका छन् ।सदस्य पदमा उम्मेद्वारी दिएका ४२ जनामध्ये २५ जनाले मनोनयन फिर्ता लिएपछि बाँकी १७ जना निर्विरोध निर्वाचित भएका हुन् ।

बुधबार भएको मनोनयन दर्तामा अध्यक्ष पदका लागि बस्नेतबाहेक अन्यको उम्मेद्वारी नपरेपछि उनी भने निर्विरोध अध्यक्षमा निर्वाचित भएका थिए । सहमतिको लागि गरिएको लामो रस्साकस्सी पछि २५ जना उम्मेद्वारले मनोनयन फिर्ता लिएका हुन् । निर्वाचित हुने सदस्यहरुमा अमृत कार्की, उद्धव पौडेल, उमेश प्रधान, तिर्थराज पौडेल, प्रकाश आचार्य, प्रकाश दाहाल, विचारी पराजुली, विदुर खड्का, मन्दु थापा, मोहनभक्त श्रेष्ठ, रमेश बस्नेत, राजकपुर खत्री, राजेश श्रेष्ठ, रामचन्द्र कार्की, शिबहरी श्रेष्ठ, सुर्यबहादुर कार्की र सोभियत पौड्याल रहेका छन् ।

जिल्लाका उद्योगी, व्यवसायीहरुको छाता संगठन सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको २५ औं साधारण सभा तथा १० औं अधिवेशनका नयाँ नेतृत्वका लागि तोकिएको निर्वाचनमा उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्