बितेको २४ घण्टामा ७९ संक्रमित थपिए



काठमाडौं, चैत ७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ८ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही समयावधिमा ८२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७१ हजार ८ सय १५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्