सप्तरीको पशु फार्ममा आगलागी, २० वटा गाई मरे



राजविराज,चैत ७ । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ मा शुक्रबार विद्युत सर्ट भइ आगलागी हुँदा २० वटा गाई मरेका छन् ।

अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ स्थित कृष्णाराम बहुउद्देश्यीय पशु फार्ममा शुक्रबार भएको आगलागीमा २ वाछासहित २० वटा गाईको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

आगलागीमा २० वटा गाईसहित दानालगायत सरसमान र गोठ पूर्ण रुपले जलेर नष्ट हुँदा ३१ लाख ४० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले बताए ।

अग्नीसाईर कृष्णासवरन गाउँपालिका–६ का मनोजकुमार साह र दिनानाथ साहले संयुक्त रुपमा सञ्चालन गरेको पशु फार्ममा भएको आगलागीले फार्म सञ्चालक दिनानाथ समेत घाइते भएका छन् ।

उनी गोठमा सुतेका थिए । गाईलाई आगोबाट जोगाउने क्रममा दिनानाथ घाइते भएको बताइएको छ । घाइते दिनानाथको स्थानीय पोलिक्लिनिकमा उपचार भइरहेको छ । आगलागीबाट १० वटा गाईलाई भने घाइते अवस्थामा उद्वार गर्न सफल भएको सञ्चालक दिनानाथले बताए ।

फर्म सञ्चालक साहका अनुसार आगलागीले करिब ६० लाख मूल्य बराबरको धनमाल क्षति भएको छ । कञ्चनरुप नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले ३ घण्टा पछि आगो नियन्त्रणमा लिएका छन् । अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्