आज काठमाडौको विभिन्न स्थानमा बिजुली काटिदै



काठमाडौ,चैत ७ । आज काठमाडौंका विभिन्न स्थानमा ४ देखि ८ घण्टासम्म बिजुली काटिने भएको छ ।

प्राधिकरणद्वारा प्रकाशित सूचनाअनुसार बत्तीसपुतली फिडरअन्तगर्त चाबहिल स्तुपा, नेपाल टेलिकम, पशुपति कलेज एरिया, मित्रपार्क, जय बागेश्वरी, मुसे गणेश गोलढुंगा, गौशाला, पिङस्थान, तिलगंगा, शारदा स्कुल, सूचना विभाग क्षेत्रमा अहिले बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् कटौती गरिने उल्लेख छ ।

त्यस्तै कोटेश्वर फिडरअन्तर्गत कोटेश्वर माहादेव मन्दिर, कोटेश्वर चोक,जडीबुटी चोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कूल, सीसीआरसी कलेज, सूर्यकोट गेट क्षेत्रसम्म आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली कटौती गरिने भएको हो।

विद्युत् लाइन मर्मतका लागि केही घण्टा बिजुली काटिने र यसबाट ग्राहकमा पर्नजाने असुविधाप्रति प्राधिकरण क्षमा चाहाने सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्