बितेको २४ घण्टामा १ सय २५ संक्रमित थपिए, १ जनाको मृत्यु



काठमाडौं, चैत ६ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय २५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टा समयावधिमा १ सय २३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७१ हजार ७ सय ३३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

त्यसैगरि संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ। योसंगै नेपालमा मृत्यु हुने कुल संख्या ३०१६ पुगेको छ

प्रतिक्रिया दिनुहोस्