कांग्रेस नेता जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने



काठमाडौं,चैत ६ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

मस्तिष्क घातको उपचार गराईरहेका नेता जोशीको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा पुगेका उपप्रधानमन्त्री इश्वर पोखरेलले सरकारले १० लाख सहयोग गर्ने बताएका हुन् । उपप्रधानमन्त्री पोखरेलले नेता जोशीको स्वास्थ्य अवस्था बुझ्दै शीघ्र स्वास्थ्यलाभको समेत कामना गरेका थिए ।

गएको फागुन १४ गते मस्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना गरिएको नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । जोशी हाल कोमामा रहेको र स्वास्थ्य अवस्थ गम्भीर रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्