मोटरसाइकल दुर्घटनामा घाइते नुवाकोटका वीरबहादुरको उपचारका लागि ५३ हजार ८ सहयोग



वाग्मती प्रदेश उपसभामुख स्वकीय एलिसा थापा लगायत

नुवाकोट,चैत ६ । मोटरसाइकल दुर्घटनामा घाइते भएका नुवाकोट पञ्चकन्या गाउँपालिका ३ घलेभञ्ज्याङका वीरबहादुर तामाङको उपचारका लागि ५३ हजारभन्दा बढी सहयोग हस्तान्तरण गरिएको छ ।

योङ कम्युनिस्ट लिग (वाईसीएल) नुवाकोटको पहलमा बिहीबार अस्पतालमै पुगी ५३ हजार ८ सय ७५ रुपैयाँ हस्तान्तरण भएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा वाईसीएल नुवाकोटका पदाधिकारी एवं नेकपा माओवादी केन्द्रका युवा नेताहरु वीरबहादुर तामाङ, वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङकी स्वकीय सचिव एलिसा थापा लगायत पुगेका थिए ।

दुर्घटनामा परी स्पाईनल ईन्जुरी भएका तामाङको वीर अस्पतालको ट्रमा सेन्टरमा अप्रेसनपछि कालीमाटीस्थित अस्पतालमा थेरापी भइरहेको छ ।

तामाङ घलेगाउँमा माघ ३० गते शुक्रबार दुर्घटनामा परी सख्त घाइते भएका हुन् ।

सहयोगी दाताको नामावली

प्रतिक्रिया दिनुहोस्