छहरे-टोखा सडक खण्ड चैत ३० सम्म बन्द



नुवाकोट,चैत ५ । राजधानी काठमाडौदेखि नुवाकोट प्रवेशको छोटो दुरीको छहरे-टोखा सडक मार्ग यही ३० गतेसम्मको लागि बन्द हुने भएको छ।

सडक डिभिजन कार्यलय नुवाकोटले एक सूचना जारी गर्दै चैत ३० गतेसम्मको लागि सडक बन्द हुने जनाएको हो।

छहरे-टोखा सडक खण्ड अन्तर्गत शिवपुरी गाउँपालिकाको ढलानघर नजिकै छरछरे भीरमा कटिङ कार्य गर्नुपर्ने भएकाले आवागमन बन्द हुने सडक डिभिजन कार्यालय नुवाकोटले सूचनामा उल्लेख गरेको छ।

सो अवधिमा सडक खण्डको चापाबोट नजिकै हुँदै सुनखानी ग्रामीणदेवी माध्यमिक विद्यालय छेउको बाटो प्रयोग गर्न समेत सर्वसाधारणलाई सडक डिभिजन कार्यालय नुवाकोटले सुझाएको छ।

हेर्नुस् सूचना;-

प्रतिक्रिया दिनुहोस्