नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावासको सजाय



उदयपुर,चैत ५ । उदयपुरमा ८ वर्षीया नातिनी बलात्कार गरेको आरोपमा ५६ वर्षीय हजुरबुबालाई आजीवन कारावासको सजाय सुनाइएको छ ।

जिल्ला अदालत उदयपुरले आफ्नै ८ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको हो ।

बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित ४० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए

यस्तै कसुरदार पुरुषले पीडित राहतकोषमा चार हजार जम्मा गर्नुपर्नेसहितको फैसला अदालतले गरेको जिल्ला अदालत उदपुरले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्