टोखा मालुङ युवक हत्यामा संंलग्न ३ जना अभियुक्त सार्वजनिक



काठमाडौ,चैत ५ । टोखा नगरपालिका वडा नम्बर १ मालुङमा शनिबार मृत भेटिएका युवकको हत्यामा संलग्न ३ जना अभियुक्तलाई महानगरीय प्रहरी परिसरले बुधबार सार्वजनिक गरेको छ। मोरङ बेलबारी स्थायी ठेगाना भएका आशिष लिम्बुसँग सामान्य झगडा भएको र झगडाकै रिसिइवीका कारण हत्या गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ ।

लिम्बुको हत्यामा संलग्न मोहम्मद कासिम मञ्सुरी, शेख अवदुल आलम र भुपेन्द्र कुमार शाहलाई महानगरीय प्रहरी परिसर काठमाडौंले हिजो सार्वजनिक गरेको हो । अभियुक्त ३ जनालाई कारवाही र थप अनुसन्धानका लागि अघि बढाईएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्काका अनुसार मृतकको मुखबाट रगत बगेको र शरीरमा निलडाम भएको हुँदा के कसरी हत्या भएको भन्ने बारे प्रहरीले थप अनुसन्धानको काम भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्