कर्णाली प्रदेशमा एमालेद्वारा समर्थन फिर्ता



काठमाडौँ,चैत ४ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कर्णाली प्रदेश सरकरलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार दिउँसो १ बजे बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए ।बैठकले मन्त्री बनेका एमालेका सांसदहरुलाई ५ दिनभित्र फिर्ता बोलाउने निर्णय भएको छ । यसैविच, माधवकुमार नेपाल समूहले कर्णाली प्रदेश संसदीय दलको बैठक बहिष्कार गरेको छ ।

कँडेलको अध्यक्षतामा बसेको दलको बैठक नेपाल समूहले बहिष्कार गरेको हो । दलको बैठकमा एमालेका २० जना सांसदमध्ये १० जना मात्रै सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्