सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अध्यक्षमा बस्नेत निर्विरोध



सिन्धुपाल्चोक,चैत ४ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको चैत ७ मा तोकिएको निर्वाचनका लागि अध्यक्षमा होमबहादुर बस्नेत निर्विरोध चयन भएका छन् । बुधबार १० बजेबाट सुरु भएको उम्मेद्वारी दर्तामा अध्यक्ष पदका लागि बस्नेतबाहेक अन्यको उम्मेद्वारी नपरेपछि उनी निर्विरोध भएका हुन् ।

क्षमादेवी ग्रुपसँग आवद्ध बस्नेत हालका बरिष्ठ उपाध्यक्ष हुन् । उनी समाजसेवीसमेत हुन् । सबै राजनीतिक दल आस्था राख्ने सदस्यहरुले उनलाई समर्थन गरेकाले अध्यक्षमा निर्वरोध भएका हुन् । यसअघिका सबै अध्यक्षहरुले पनि उनलाई अध्यक्षका लागि सघाउ गरेका थिए ।

संघको कार्यसमितिको पदाधिकारीका लागि सदस्यबाट प्रक्रियागत रुपमा मनोनित गरि छानिनेछ । १७ सदस्यका लागि हुने मतदानका लागि आज तोकिएको मनोनयन दर्तामा ४२ जनाको उम्मेद्वारी दर्ता भएको हो ।

उद्योगी, व्यवसायीहरुको छाता संगठन सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको २५ औं साधारण सभा तथा १० औं अधिवेशनका नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो । संघमा २ हजार ३२ सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्