रोल्पामा धारिलो हतियार प्रहार गरेर युवकको हत्या



रोल्पा,चैत ४ । रोल्पामा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ। परिवर्तन गाउँपालिका वडा नम्बर ६ नाफेका वर्ष ३१ का विरेन्द्रप्रकाश गिरीको हत्या भएको हो।

मंगलबार साँझ करिब ८ बजेको समयमा नयाँ घरको बार्दली बनाई बस्दै आएको घर जाँदै गरेका बेला अपरिचित ३ जना व्यक्तिले गिरीको हत्या गरेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी लगत्तै इलाका प्रहरी कार्यालय पाछाबाङ, घर्तिगाउँ र प्रहरी चौकी इरिबाङबाट प्रहरीको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले बताए ।

रातभर प्रहरीले शवलाई घटनास्थलमै कुरेको थियो। बुधबार बिहान मुचुल्का उठाउने कार्य भइरहेको प्रनाउ सुवेदीले जानकारी दिए । हत्यामा संलग्न सबै फ्रहार रहेका छन्। घटनामा संलग्नहरुको खोजी भइरहेको जनाइएको छ। घटना हुँदा देख्ने मानिसले दिएको हुलियाका आधारमा दोषीको खोजी भैरहेको सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्