जापानको फुकुशिमामा भूकम्प
सिन्ह्वा,चैत ४ । जापानको फुकुशिमा प्रिफेक्चर नजिक बुधबार ५.३ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार उक्त भूकम्प स्थानीय समय अनुसार साँझ ५.२९ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराईमा रहेको थियो ।
भूकम्पका कारण जापानको सामुद्रिक इलाकामा कुनै सुनामी आइहाल्ने अवस्था नदेखिएको पनि विभागले जनाएको छ ।