मदनभण्डारी फाउन्डेशनका नाममा गुटबन्दी गर्ने केपी ओली नै हुन:खनाल



ललितपुर,चैत ४ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले विगतदेखि नै नेकपा एमालेभित्र गुटबन्दी चलाउने केपी ओली नै भएको बताएका छन् ।

बुधबारदेखि ललितपुरको सानेपामा सुरु भएको दुई दिने राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले केपी ओलीको गुटबन्दीकै कारण पार्टी अहिलेको अवस्थामा आइपुगेको टिप्पणी गरे ।

साथै उनले एमालेभित्र मदन भण्डारी फाउन्डेशनका नाममा गुटबन्दी गर्ने काम केपी ओलीले नै सुरु गरेको आरोप लगाए ।

‘पार्टीमा गुटबन्दी सुरुवात गर्ने केपी ओली नै हो । मदनभण्डारी फाउन्डेशनका नाममा गुटबन्दी गर्ने र पार्टीलाई अहिलेको अवस्थामा ल्याउने उहाँ नै हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्