काङ्ग्रेस नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार गरिदै



काठमाडौँ, चैत ४ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको र नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भैरहेको अस्पताल श्रोतले जनाएको छ। अस्पतालका प्रमुख कर्पोरेट कम्युनिकेशन एण्ड पिआर डिपार्टमेन्ट सोमनाथ बाँस्तोलाले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन।

केहि सञ्चारमाध्यमहरुले गलत समाचार सम्प्रेषण गरेको भन्दै बास्तोलाले मस्तिष्कघात भई उपचार गराइरहेका जोशीको अवस्था गम्भीर रहेपनि मृत्युका खबर गलत भएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा केही दिनको उपचारपछि उनको अवस्थामा सुधार आएको तर अहिले भने अवस्था गम्भीर भएको जनाइएको छ । “आफैँले श्वासप्रश्वास गरेपछि केही दिन उनलाई भेन्टिलेटरको ‘सपोर्ट’बिना नै राखिएको थियो तर अवस्था पुनः बिग्रिएपछि उनलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको छ ।”

प्रतिक्रिया दिनुहोस्