बितेको २४ घण्टामा १ सय १४ संक्रमित थपिए



काठमाडौं, चैत ३ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका  १ सय  १४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ४ सय २४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टा समयावधिमा ९४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७१ हजार ४ सय ९५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्