राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नेताद्वय खनाल नेपाल दुबै नजाने



काठमाडौं, चैत ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार साँझ ४ बजेको लागि बोलाएको सर्वदलीय बैठकमा नेकपा (एमाले) का वरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनाल दुबै नजाने भएका छन् ।

आफ्नो पक्षको भोलिको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीमा व्यस्त रहने भएकोले राष्ट्रपति भण्डारीले मंगलबार साँझ बोलाएको सर्वदलीय बैठकमा नेता नेपाल जान नसक्ने बताइएको छ ।

त्यस्तै एमालेकै वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि आफू सो बैठकमा नजाने स्पष्ट पारेका छन । उनले सर्वदलीय बैठकमा आफूहरुको आवश्यकता नभएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्