प्याराग्लाइडिङ दुर्घटनामा परेका धादिङका राजारामको ज्यान गयो



कास्की, चैत ३ । प्याराग्लाइडिङ दुर्घटनामा परेका धादिङका राजाराम मगरको ज्यान गएको छ। पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परेका नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

मगर सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका थिए।

प्रवक्ता हमालका अनुसार दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवास्थित सैनिक अस्पताल पुर्‍याएकामा उपचारका क्रममा साँझ ४ः४५ बजे निधन भएको हो।

कालीजङ्ग गणमा कार्यरत मृतकको शव सैनिक अस्पतालमा नै रहेको र परिवारका सदस्यको उपस्थितिमा मंगलबार बुझाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्