पूर्व अर्थमन्त्री डा. महत र विश्व बैंकका अधिकारीबीच भेट, विकास निर्माणका गतिविधि बारे छलफल



काठमाडौं,चैत ३ । पूर्व अर्थमन्त्री तथा नेपाली काग्रेसका नेता डा. रामशरण महत र विश्व बैंकका नेपाल हेर्ने राष्ट्रिय निर्देशक फरिस हदाद जेरभोसबीच भेटघाट तथा छलफल भएको छ ।

सोमबार डाक्टर महतको निवासमा भएको भेटवार्तामा नेपालका विकास गतिविधिहरु र प्राथमिकताका बारेमा छलफल तथा परामर्श भएको हो । भेटका अवसरमा नेपालको पछिल्लो आर्थिक विकास परिदृश्यबारेमा समेत छलफल भएको थियो ।

साथै आगामी दिनमा नेपालका विकासका प्राथमिकताहरुका बारेमा पनि सो अवसरमा छलफल भएको जनाइएको छ । जेरभोस नेपालका साथै बर्मा र श्रीलंकाका लागि पनि राष्ट्रिय निर्देशक हुन । छलफलमा नेपालका साथै बर्मा र श्रीलंका समेत हेर्ने सञ्चालन प्रवन्धक लादा स्ट्रेलकोभा लगायत विश्व बैंकका स्थानीय अधिकारीहरु समेत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्