थप ७९ संक्रमित, ७५ जना संक्रमणमुक्त



काठमाडौं, चैत २ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टा समयावधिमै ७५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा २ लाख ७५ हजार ३ सय १० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्