लमहीको ढिकपुरमा आगलागी हुँदा ६ घर जलेर नष्ट



दाङ,चैत २। दाङको लमही लमही नगरपालिपका वडा नम्बर ७ ढिकपरमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएको छ ।

सोमबार विहान १० बजेतिर विद्युत सर्ट भएर आगलागी हुँदा ढिकपुर निवासी बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, प्रेम चौधरी, कान्छू चौधरी र रेमशबहादुर बुढाको घर जलेर नष्ट भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

अहिले आगो नियन्त्रणमा आइसकेको छ। लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकलसँगै पहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो । फुसको छाना भएको घरमा आगलागी हुँदा छिटो अन्य घरमा पनि आगो सल्किएको प्रहरीले जनाएको छ।

आगलागीबाट घर भित्र रहेको कपडा, खाद्यान्नका साथै फर्निचरका सामान जलेको छ । तर आगलागीबाट कति क्षेति भएको यकिन विवरण भने आउँन बाकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्