चितवनका व्यवसायीसँग चेम्बर अध्यक्षको छलफल



चितवन,चैत २ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र चितवन चेम्बरका व्यवसायीबीच छलफल भएको छ । भरतपुरमा चितवन चेम्बरले आयोजना गरेको कार्यक्रममा केन्द्रीय अध्यक्ष श्रेष्ठसँग चितवनका व्यवसायीले अन्तरक्रिया गरेका हुन् । कार्यक्रममा व्यवसायीले कोरोना कहरको अवधिमा व्यवसायीले घर भाडा, बैंकको ब्याज, कर्मचारीको तलबलगायत समस्या भोग्नुपरेको गुनासो गरे । कार्यक्रममा वुमेन चेम्बर चितवनकी सहसचिव ऋतु सेञ्चुरीले अन्य व्यावसायिक संस्थाजस्तै चितवन चेम्बरलाई हरेक व्यवसायको पहुँचमा पुर्‍याउनुपर्ने बताइन् ।

चितवनमा चेम्बरको छाता संगठनमा थुप्रै व्यवसायी आउन चाहेको बताउँदै समिति तथा सदस्यता विस्तारमा जोड दिनुपर्ने उनको भनाइ छ । चेम्बरकी  सहसचिव मुना पाण्डेले  कोरोनाको समय घर भाडा छुट नभएको र लगानी जोखिम हुँदा  व्यवसाय विस्थापित गरी अर्गानिक खेतीतर्फ लाग्नुपरेको  अनुभव सुनाइन् ।

राज्यले महिलालाई सहज रूपमा बिनाधितो ऋण दिन नसक्दा चाहेर पनि व्यवसाय गर्न नपाएको गुनासो गरिन् । आयकर, घर भाडा, अन्य करमा छुट गर्न चेम्बरले पहल गर्नुपर्ने उनको माग छ । अन्य व्यवसायीले कोरोना कहरका बेला लाखौं रुपैयाँ घाटा परे पनि कोरोना भ्याक्सिन आएपछि व्यवसायमा केही सुधार आउन लागेको बताए । सो अवसरमा केन्द्रीय अध्यक्ष श्रेष्ठले कोभिड कहरपछिको व्यवसायीको मनस्थिति, अवस्था र समस्या बुझ्न जिल्ला–जिल्लामा गएर अन्तरक्रिया गरिरहेको बताए । नेपालमा मात्रै व्यवसाय धराशयी नभएको भन्दै उनले व्यवसायीलाई नआत्तिन आग्रह गरे ।

चितवन चेम्बर अफ कमर्सका उपाध्यक्ष गोपाल भट्टराईले समस्या परेका बेला व्यवसायीबीच एकताको विकल्प नभएको बताए । हाल चितवन चेम्बरको छातामुनि चितवन वुमेन चेम्बर, युथ चेम्बर समिति गठन भइसकेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्