हिरोको दुई नयाँ मोटरसाइकल नेपाली बजारमा



काठमाडौं,चैत २ । हिरो मोटोकर्पले नेपाली बजारमा दुई नयाँ प्रिमियम मोटरसाइकल सार्वजनिक गरेको छ । प्रिमियम र प्राविधिक रूपमा उन्नत उत्पादन उपलब्ध गराउने  प्रतिबद्धताअनुरूप कम्पनीले हिरो एक्स्ट्रिम १६० आर र हिरो हंक १६० आर ल्याएको हो ।

हिरो एक्स्ट्रिम १६० ले प्रिमियम मोटरसाइकल सेगमेन्टमा हिरो मोटोकर्पको उपस्थितिलाई अझ सबल बनाउने अपेक्षा कम्पनीले गरेको छ । एक्स्ट्रिम १६० आर, नयाँ हंक १५० आरको साथमा आएको छ । यो बाइक नयाँ युगको स्टाइलका साथ बेजोड राइडिङ अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको कम्पनीले बताएको छ ।

एक्स्ट्रिम १६० आर र हंक १५० आर देशभरिका हिरो मोटोकर्पका शोरुममा उपलब्ध हुनेछ ।

एक्स्ट्रिम १६० आरको म्ूल्य ३ लाख ३९ हजार र हंक १५० आरको मूल्य २ लाख ७९ हजार ५ सय रुपैयाँ रहेको छ । ‘यी दुई नयाँ उत्पादनको साथ शीर्ष प्रिमियम मोटरसाइकल नेपालमा ल्याइरहेका छौं । यहाँका ग्राहकले दुवैै उत्पादन मन पराउनेमा  विश्वस्त छौं,’ हिरो मोटोकर्पका ग्लोबल बिजनेस प्रमुख सञ्जय भानले भने ।

हिरो मोटोकर्पले सन् २०१० मा नेपालमा नेपाल जनरल मार्केटिङ प्रालि (एनजीएम) लाई आधिकारिक वितरक नियुक्त गरी कारोबार विस्तार गरेको हो ।

कम्पनीले ७२ डिलर, ८२ सर्भिस सेन्टर र १ सयभन्दा अधिक स्पेयर पार्टस्का बिक्री केन्द्रसहित विस्तारित २ सय ५० भन्दा बढी टच–प्वान्ट सञ्जालमार्फत ग्राहकलाई सेवा दिँँदै आएको छ । नेपालमा एचएफ डिलक्स, स्प्लेन्डर प्लस, स्प्लेन्डर आईस्मार्ट ११०, सुपर स्प्लेन्डर, ग्ल्यामर, हंक १५० आर, एक्स्ट्रिम १६० आर, एक्स्ट्रिम २०० आर हिरो मोटरसाइकल र प्लेजर, डुएट, मास्ट्रो एज, डेस्टिनी १२५ स्कुटर बिक्री हुँदै आएका छन् ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्