सिरहामा बम बिस्फोट, ६ घाइते



सिरहा,चैत १ । जिल्लाको लहानमा बम विस्फोट भएको छ । आइतबार दिउँसो १ बजे भएको बम विस्फोटमा परी ६ जना घाइते भएका छन् ।

लहानको मालपोत कार्यालयनजिक आइतबार दिउँसो करिब १ बजेतिर बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सुदीप घिमिरेले जानकारी दिएका छन् ।

घाइते भएकामध्ये १ जनाको अवस्था गम्भीर छ भने पाँच जना सामान्य छन् । घटनाबारे विस्तृत जानकारी लिन एसपी नेतृत्वको टोली घटनास्थल पुग्दैछ । बम बिस्फोटको कारण भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्