खोप लगाएपछि ज्येष्ठ नागरिक खुसी



काठमाडौं, चैत १। ज्येष्ठ नागरिकले खोप लगाउन थालेपछि कोरोनाविरुद्धका अभियान नयाँ चरणमा प्रवेश गरेको छ । उनीहरू खोप लगाउन पाउँदा असाध्य खुसी मात्र भएका छैन, अब बाँचिने भयो भन्दै खुुसी साट्न थालेका छन् ।

शताब्दी पुरुष सत्यमोहन जोशीले कोरोनाविरुद्धको खोप लगाएपछि आफू सुरक्षित भएको महसुस गरे । आइतबार किष्ट मेडिकल कलेजमा कोरोनाविरुद्धको खोप लगाएको जानकारी गराउदै उनले कोरोनाविरुद्धको खोप ज्येष्ठ नागरिकले लगाउनुपर्छ भनेपछि आफूले खोप लगाएको र खुसी भएको बताए । उनले खोप लगाइसकेपछि शरीरमा कुनै प्रतिक्रिया नभएको अनुभवसमेत सुनाएका छन् ।

खोप लगाउँदा बेलुुकाबाट ज्वरो आउन सक्छ, सिटामोल खानुु भनेर खोप केन्द्रमा सुुझाव दिएको जोशीले बताए । त्यही सुुझावका आधारमा खोप लगाएको दिन बेलुुकी एक चक्की सिटामोल खाएको र ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेलगायतका कुुनै पनि समस्या आफूूलाई नदेखिएको जानकारी दिँदै उनले भने “हामीले चाँडै खोप पायौँ, लगाएर सुरक्षित हुनुपर्छ ।”

यसैगरी भक्तपुरमा सुशीला पौडेलले कोरोनाविरुद्धको खोप लगाएका छन् । उमेरले ८८ वर्ष पुगिसकेकी पौडेलले कोरोनाबाट बच्न खोप लगाएको बताईन । नाति–नातिनीहरूले पनि कोरोनाबाट बच्न खोप लगाउन सुुझाएपछि खोप लगाएको उनको भनाई रहेको छ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्