चितवनमा समृद्धि फाइनान्सको शाखा खुल्यो



काठमाडौं,चैत १ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले नारायणगढको मिलनरोडको लक्की प्लाजामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । शाखा उद्घाटन कम्पनी सञ्चालक समितिका अध्यक्ष विनोदकुमार सुवेदी, सञ्चालक दीपक अधिकारी र चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलले गरे ।

कम्पनीले हाल आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, एसएमएस अलर्ट, क्लियरिङलगायत सेवा सञ्चालन गरिरहेको छ । चितवनसहित कम्पनीका शाखा सञ्जाल ५ पुगेका छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्