स्वस्तिक आयल सम्मानित



काठमाडौं,चैत १ । केएल दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रालिलाई उद्योग संगठन मोरङले आर्थिक वर्ष ०७५/७६ तथा  ०७६/७७ मा सुनसरी, मोरङ औद्योगिक करिडोरका निर्यातमूलक उद्योगमध्ये सबैभन्दा बढी निर्यात गर्ने उत्कृष्ट उद्योगको रूपमा सम्मान गरेको छ ।

आर्थिक एवं औद्योगिक विकासका साथै राजस्व र रोजगारी क्षेत्रमा योगदान पुर्‍याउँदै निर्यातमूलक वस्तु उत्पादन गरेकामा उद्योग संगठन मोरङको ४८ औं वार्षिक साधारणसभा अवसरमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वस्तिक आयलका सञ्चालक विकास दुगडलाई सम्मान प्रदान गरे । स्वस्तिक आयलले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लाबर तेल, सनफ्लो सनफ्लाबर तेल उत्पादन गरी बिक्री–वितरण गर्दै आएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्