सहारा घरलाई लघुवित्त संस्थाको सहयोग



काठमाडौं,चैत १ । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले साझेदार संस्था किसान बहुउद्देश्यीय सहकारीको आयोजनामा कैलाली जिल्लाको बौनियास्थित सहारा घरमा आश्रितलाई बस्न तथा सुत्न सहयोग पुग्ने गरी स्टिलको काउच ८ थान तथा म्याट्रेस ६ थान सहयोगस्वरूप उपलब्ध गराएको छ ।

उक्त सामग्री आरएमडीसीका सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, किसान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष, कार्यकारी प्रमुख तथा अन्य कर्मचारीको उपस्थितिमा सहारा घरका सञ्चालक बलबहादुर विष्टलाई हस्तान्तरण गरिएको थियो ।

जिन्सी सामग्री हस्तान्तरण कार्यक्रममा आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले संस्थाले विभिन्न समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा आर्थिक, सामाजिक रूपमा पछि परेकालाई सहयोग गर्दै आएको बताए ।

किसान बहुद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत डम्बर शाहले सहारा घरलाई विभिन्न समयमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि  निरन्तरता दिइने प्रतिबद्धता जनाए । आरएमडीसी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सुजाता जोशीले सहारा घरले परिवार तथा समाजबाट वञ्चित वृद्धवृद्धा तथा अपांगलाई आश्रय दिई समाज सेवा गरिरहेकाले सहयोग गरिएको बताइन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्