४३ ग्रेड ओपीसी सिमेन्ट उत्पादन गर्ने शिवम् सिमेन्ट नेपालकै पहिलो ब्राण्ड



काठमाडौं,चैत १ । शिवम् सिमेन्ट ४३ ग्रेड ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो ब्रान्ड बनेको छ । शिवम् सिमेन्टले ४३ ग्रेडका सिमेन्ट बजारमा ल्याएको हो ।

गुणस्तर तथा नापतौल विभागले एनएस ५७२ प्रमाणीकरण गरी शिवमलाई ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्न अनुमति दिएको छ । पहिलो पटक एनएस क्वालिटी अवार्ड २०१९ प्रथमबाट पुरस्कृत शिवम् सिमेन्ट योसँगै ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एक मात्र ब्रान्ड बन्न सफल भएको हो ।

शिवम् सिमेन्टले गुणस्तरिय उत्पादनकै प्रतिफलस्वरूप पुनः एनएस ५७२ को मान्यता प्राप्त गरी नेपालकै पहिलो र एकमात्र फोरथ्री ग्रेडको सिमेन्ट उत्पादक भई निरन्तर गुणस्तरीय उत्पादनलाई प्रमाणित गरेको छ ।

कुनै पनि सिमेन्ट कम्पनीले ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्न एनएस ५७२ प्रमाणीकरण गर्नु अनिवार्य छ । यसका लागि नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न तहमा चुनढुंगा, कच्चा पदार्थ, उत्पादन प्रक्रिया, उत्पादित क्लिंकर र सिमेन्टको लामो समयसम्म परीक्षण गरी एनएस ५७२ बमोजिमको गुणस्तर कायम भएको ल्याव परीक्षणसमेतका आधारमा प्रमाणीकरण गर्ने प्रक्रिया रहेको कम्पनीले जनाएको छ ।

सन् २००९ मा हेटौंडामा स्थापित यो उद्योगले अत्याधुनिक जर्मन प्रविधिको प्लान्टबाट आफ्नै चुनढुंगा प्रयोग गरी  क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

यो समाचार आर्थिक अभियानमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्