डिजिटल भुक्तानीमा महिलाको पहुँच बढाउन सप्ताहव्यापी कार्यक्रम



काठमाडौं,चैत १ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले १११औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले डिजिटल भुक्तानीको प्रवद्र्धनका लागि ‘डिजिटल सात, मनाऔं नारी दिवस कनेक्ट आईपीएसको साथ’ नारासहित साताव्यापी कार्यक्रम सञ्चालन गरेको हो ।

फागुन २४ गतेदेखि २९ गतेसम्म सञ्चालित उक्त कार्यक्रमको अवसरमा कनेक्ट आईपीएस जोड्ने नयाँ महिला प्रयोगकर्तालाई सय रुपैयाँको ‘टपअफ’ सुविधा दिइएको छ । साथै, कम्पनीले सो अवधिमा कनेक्ट आईपीएसका प्रयोगकर्ता बनेका १० जना महिला ग्राहकलाई ५ हजार रुपैयाँबराबरको गिफ्ट भौचर दिने घोषणा गरेको छ ।

सप्ताहव्यापी उक्त कार्यक्रम अन्तर्गत कम्पनीले ‘वित्तीय क्षेत्रमा डिजिटाइजेशन र महिलाको पहुँच’ विषयक अन्तरक्रिया समेत सञ्चालन गरेको छ । वेबिनारमार्फत सञ्चालित अन्तरक्रियामा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले अहिले वित्तीय क्षेत्र डिजिटाइज्ड हुँदै गएको बताइन् । यद्यपि डिजिटल भुक्तानी कारोबारमा महिलाको पहुँच निकै कम रहेको भन्दै उनले यसका लागि जनचेतना बढाउनुपर्ने खाँचो औंल्याइन् ।

यस्तै मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले अब बैंकिङ क्षेत्रले डिजिटल कारोबार नअपनाए भने धेरै पछाडि पर्ने बताइन् । उनका अनुसार बचत खातामा महिलाको हिस्सा बढेसँगै पछिल्लो समय सहुलियतपूर्ण कर्जा लिने महिलाको सहभागिता उल्लेखनीय छ । तर यसमध्ये करीब ४० प्रतिशत महिला मात्र डिजिटल भुक्तानीमा सहभागी छन् ।

अन्तरक्रियामा युनाइटेड इन्स्योरेन्सका कामु सीईओ उपासना पौडेलले बीमा क्षेत्रमा डिजिटल भुक्तानी शुरुआत भइसकेको बताइन् । ‘समग्रका कोभिडपछि झन् धेरै परिवर्तन आयो,’ उनले भनिन्, ‘अब हामी अनलाइन भुक्तानीमा जोड दिँदैछौं ।’  

सीडीएस एण्ड क्लियरिङ हाउसका सञ्चालन विभाग प्रमुख कञ्चन सापकोटाले कोभिडपछि डिजिटल कारोबारको सन्दर्भमा पूँजीबजारमा धेरै परिवर्तन भएको बताइन् । पूँजीबजारमा अनलाइन/अटोमेटेड कारोबार, डिम्याट, मेरो शेयर, टीएमएस लगायत प्रविधिले लगानीकर्ताको आकर्षण बढेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्