नृत्य निर्देशक संघ काठमाडौं शाखामा ८ जना सल्लाहकार मनोनीत
काठमाडौं, फागुन २९ । नृत्य निर्देशक संघ काठमाडौं शाखामा सल्लाहकार मनोनयन गरिएको छ ।
शनिबार रातोपुलस्थित रकहाउस क्याफेमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा ८ जना सल्लाहकार मनोनयन गरेका हुन् । मनोनयनमा परेकामा प्रेम लोप्चन, कमल राई, खेलबहादुर लामा, केपी पौडेल, वीरबहादुर लामा, धनबहादुर लामा, रोचक थापा रामजी र अरुण घिमिरे रहेका शाखा अध्यक्ष बुद्ध तितुङ तामाङले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि एवं पूर्व सभासद तीर्थबहादुर लामाले जिन्दगीको अमूल्य क्षण व्यतीत गरेका नृत्यका अग्रजहरूले नै आ-आफ्नो नृत्यमा मौलिकता जोगाएको बताए । यसैगरी केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले राष्ट्रिय नृत्य दिवस २०७८ मा घोषणा गर्ने तयारीमा लागिरहेको खुलासा गरे । वरिष्ठ लोक नृत्य निर्देशक खेलबहादुर लामाले जति नृत्य गरेपनि मौलिकता प्रस्तुत गरेमात्र राम्रो हुनेछ । नयाँ शैलीको नाममा गरेपनि पानीको फोका मात्रै हुने बताए ।
वरिष्ठ नृत्य निर्देशक एवं अनुसन्धाता केपी पौडेलले नागेश्वरीका अंश मानवदेखि विभिन्न मण्डलले बोकेका बताए । यसैगरी वरिष्ठ नृत्य निर्देशक एवं सेलो गायक प्रेम लोप्चनले विश्वले हेरिरहेको बेलामा हाम्रो नृत्यलाई मेहनतका साथ व्यवस्थित गर्दै लैजानुपर्ने बताए ।
शाखा अध्यक्ष बुद्ध तितुङ लामाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य ममता राईद्वारा स्वागत एवं सचिव देवराज गुरुङले सञ्चालन गरेका थिए ।