वृद्धभत्ता चाँडै ४ हजार पुुग्छ : प्रधानमन्त्री ओली



काठमाडौँ,फागुन २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता बढाएर चाँडै ४ हजार पुर्याउने बताएका छन् ।

शनिबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले चाँडै वृद्धभत्ता बढाएर ४ हजार पुर्याइने घोषणा गरेका हुन् ।

‘यस देशमा जनतालाई हेर्ने हामीबाहेक को छ ? गफ गरेर हुन्छ ? ०५१ सालमा १ सय रुपैयाँबाट हामीले सुरु गरेको सामाजिक सुरक्षा भत्ता, जसलाई त्यसबेला वृद्धभत्ता भनियो अहिले त्यसलाई ३ हजार पुर्याएका छौँ । ५ हजार पुु–याउने हाम्रो उद्देश्य छ,’ ओलीले भने,‘४ हजार त छिट्टै पुर्याइहाल्छौँ । छिट्टै पुर्याउँछौँ हामी । तर, जनतालाई हेर्ने अरु कोही छ ?’

प्रतिक्रिया दिनुहोस्