कैलालीमा पनि भेटियो पुरुषको शव



कैलाली, फागुन २९ । जिल्लाको गोदावरी नगरपालिका–५ गेटामा पनि एक पुरुषको शव फेला परेको छ । धनगढी–अत्तरिया सडक छेउको नालामा पानीमा तैरिएका अवस्थामा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । मृत अवस्थामा फेला परेका उनी कञ्चनपुरको भीमदत्त नगपालिका–५ का मोहनबहादुर चन्द रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

मृतकको साथमा भेटिएको सवारी चालक अनुमतिपत्रका आधारमा शवको सनाखत भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिए ।

शनिबार बिहानै काठमाडौको टोखा नगरपालिका वडा नम्बर १ स्थित मालुङमा पनि एक युवकको शव फेला परेको थियो। मृत भेटिएका युवक मोरङ्ग बेलबारी स्थायी बसोबास गर्ने २५ बर्षीय आशिष लिम्बु रहेको र घटनाका विषयमा अनुसन्धानका लागि तिब्रता दिइएको प्रहरीले जनाएको छ ।

मृतक आशिष लिम्बुको शरिरमा निलडाम र मुखबाट रगत बगेकाले हत्याको आशंका गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्