नेपालमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं, फागुन २९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार १ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टा समयमै ७२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७१ हजार २ सय ४९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्