कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु



काठमाडौं, फागुन २९ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ३ हजार १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टा समयावधिमा नयाँ संक्रमित ६० जना थपिएका छन् । सोही समयमा ७२ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्