टोखाको मालुङमा युवक मृत फेला



काठमाडौं,फागुन २९ । टोखा नगरपालिका वडा नम्बर १ स्थित मालुङ्गमा एक युवक मृत भेटिएका छन । टोखा नगरपालिका वडा नं १ साङ्ला दोबाटो नजिकै बाँसको झाडीमा युवक मृत फेला परेको वडा नम्बर १ का स्थानीय जनप्रतिनिधि बुलाल महर्जनले बताए ।

मृतकको साथमा रहेको लाइसेन्सका आधारमा युवक मोरङ्ग बेलबारी स्थाही बसोबास गर्ने २५ बर्षीय युवक आशिष लिम्बु रहेको प्रहरीले जनाएको छ ।

मृतक आशिष लिम्बको शरिरमा निलडाम र मुखबाट रगत बगेको अवस्थामा रहेकाले हत्याको आशंका गरिएको प्रहरीको भनाइ छ ।

घटनाको थप अनुसन्धान भैरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्