संक्रमणको जोखिम कायमै, हेलचेक्र्याइँ बढ्यो



काठमाडौं, फागुन २९ । कोरोना भाइरस संक्रमण जोखिम कायम रहे पनि हेलचेक्र्याइँ बढ्दै गएको छ । संक्रमितको संख्या दैनिक घट्दै गए पनि जोखिम भने यथावत् रहेको विज्ञहरूले बताएका छन् ।

अहिले मानिसहरू दिन प्रतिदिन विभिन्न ठाउँमा भेला हुनेक्रम बढिरहेको छ । यस्तै, विद्यालय, यातायात, फिल्म हलहरू सञ्चालनमा आउन थालेका छन् । दैनिकजसो प्रदर्शन भइरहेको छ । तर, भौतिक दूरी कायम हुन सकेको छैन भने मास्कको पनि समुचित तवरले प्रयोग भइरहेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दैनिक संक्रमित दर घट्दै गए पनि जोखिम कायमै रहेको बताए । उनले भने, ‘मास्कको उचित प्रयोग गरौं, हेलचेक्र्याइँ नगरौं । जनस्वास्थ्यका मापदण्डहरू पालना गरौं ।’ उनले खोप लगाउनसमेत प्राथमिकता निर्धारण गरिएका नागरिकलाई अनुरोध गरे

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्