तयारी पोशाक उत्पादकलाई मेगा बैंकको आकर्षक कर्जा



काठमाडौं, फागुन २९ । मेगा बैंक नेपाल लिमिटेडले नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघमा आवद्ध व्यवसायीहरुलाई आकर्षक कर्जा सुविधा दिने भएको छ । 

मेगा बैंक र नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघबीच भएको सम्झौता अनुसार, मेगा बैंकले संघमा आवद्ध सबै व्यवसायीहरुलाई आकर्षक ब्याजदरमा ऋण सुविधा दिने सहमति भएको हो । 

मेगा बैंकले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि तथा बैंकको कर्जा नीति बमोजिम व्यावसाय सञ्चालनका लागि आवश्यक अन्य कर्जा पनि उपलब्ध गराउने भएको छ । 

उक्त सम्झौतापछि नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघमा आवद्ध व्यवसायीहरुलाई आफ्नो व्यावसाय प्रवर्द्धन गर्न मद्दत मिल्ने मेगा बैंकको विश्वास छ । मेगा बैंकका २०४ ओटै शाखा कार्यालयमार्फत व्यवसायीहरुले यो कर्जा सुविधा लिन सक्ने बैंकले जानकारी दिएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्