नेपालमा पहिलो पटक यूरेनियम तस्कर पक्राउ



काठमाडौ,फागुन २८ । नेपालमा पहिलो पटक यूरेनियम तस्कर पक्राउ परेका छन् । प्रहरीले दुई केजी यूरेनियम सहित चार जनालाई बौद्धबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रामेछाप लिखुका नारायणसिंह तामाङ र जानुका तामाङ, रामेछाप बागजोरका प्रकाश चौहन र सिन्धुली, सुनकोशीका मनोज न्यौपाने छन् ।

युरेनियम २३८ को गैरकानुनी कारोबार भइरहेको बिशेष सुचनाका आधारमा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्