बितेको २४ घण्टामा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं, फागुन २८ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ४८ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही समयावधिमा ६१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७१ हजार १ सय ७७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्