मूलधारको सञ्चारमाध्यममा दलितको उपस्थिति बाक्लो बनाउन प्रयत्न गर्ने छु : प्रचण्ड



बुटवल,फागुन २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मूलधारमा मिडिया तथा पत्रकारसम्बद्ध संघ संस्थाहरुमा दलित पत्रकारको उपस्थिति बाक्लो बनाउन आफूले भरपूर प्रयत्न गर्ने बताएका छन् ।

रुपन्देहीको बुटवलमा आयोजित राष्ट्रिय दलित पत्रकार संघ नेपालको पहिलो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले उक्त कुरा बताएका हुन् ।

राष्ट्रिय राजनीति गरमागरम बनिरहेको बेला विभिन्न वार्ता तथा छलफल गर्न छोडेर आफू दलित पत्रकारहरुको कुरा सुन्न बुटवल आएको बताउँदै प्रचण्डले दलित पत्रकारका हक र हितका लागि जोडदार रुपमा अग्रसर हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्