रहेनन् बीबीसी नेपाली सेवाका पूर्व पत्रकार सुशील शर्मा



काठमाडौ,फागुन २८ । बीबीसी नेपाली सेवाका पुर्व पत्रकार सुशील शर्माको निधन भएको छ। शर्माको ६३ वर्षको उमेरमा काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

उनले लामो समय अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीमा काम गरेका थिए। बिहीबारदेखि शर्माको फोक्सोसम्बन्धी समस्याले जटिल रुप लिएको थियो।

शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्