सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा गिरी



काठमाडौ,फागुन २८ । सामुदायिक रेडियो प्रसारक संघको केन्द्रिय अध्यक्षमा अर्जुन गिरी भारी मतका साथ विजयी भएका छन् ।

काठमाण्डौमा भएको सातौं राष्ट्रिय अधिबेशनबाट गिरी १६१ मतका साथ विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नुवाकोटको रेडियो त्रिशुलीका कपिलदेव खनालले १४ मत प्राप्त गरेका थिए । निर्वाचनमा १ सय ७८ मत खसेको थियो ।

यसअघिका वरिष्ठ उपाध्यक्ष गिरी दाङस्थित रेडियो तुलसीपुरका स्टेशन म्यानेजर हुन् । अरु बाँकि सबै पद निर्विरोध भएको छ । वरिष्ठ उपाध्यक्षमा बिष्णुदत्त अवस्थी, महिला उपाध्यक्ष बन्दना दनुवार, समावेशी उपाध्यक्षमा भुवन सिंह, निमेष कर्ण र मिलन गाहा, महासचिवमा किशोरजंग थापा, कोषाध्यक्षमा सरोज पौडेल र सचिवमा सुदर्शन खतिवडा निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्