बितेको २४ घण्टामा ९७ जना संक्रमित थप



काठमाडौं, फागुन २७ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ९७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७५ हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही समयावधिमा ६६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७१ हजार १ सय १६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्